Logo

दूरसंचार क्षेत्र विकासको ५ बर्षे रणनीतिक कार्ययोजना बनाउँदै प्राधिकरण, सोमबारबाट बैठक सुरु

दूरसंचार क्षेत्र विकासको ५ बर्षे रणनीतिक कार्ययोजना बनाउँदै प्राधिकरण, सोमबारबाट बैठक सुरु



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ५ बर्षे रणनीतिक कार्ययोजना बनाउने भएको छ । अन्तरराष्ट्रिय टेलिग्राफ युनियन (आईटीयु) ले आफ्नो मिसनको रुपमा रणनीतिक कार्ययोजना बनाएर प्राधिकरणलाई बुझाउने भएको हो ।

प्राधिकरणका अनुसार आईटीयु मिसनले नेपालमा आगामी ५ बर्षभित्रमा दूरसंचार क्षेत्रलाई कसरी विकास गर्ने, कसरी अघि बढ्ने लगायतका विषयमा रणनीतिक कार्ययोजना बनाईदिने भएको हो ।

यस्तै दूरसंचार क्षेत्रको अन्तरराष्ट्रिय विकासको फड्कोलाई मध्यनजर गर्दै आईटीयुले प्राधिकरणलाई सोही अनुसारको कार्ययोजना बनाउनका लागि सोमबारदेखि शुक्रबारसम्म बैठक बस्ने भएको हो ।
प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार आईटीयुले अन्तरराष्ट्रिय मापदण्डमा आधारित रहेर तथा आर्थिक, भौगोलिक दृष्टिकोणलाई मध्यनजर गर्दै ५ बर्षको खाका तयार पारिदिने भएको छ । यसका लागि विभिन्न विषयमा लामो तथा सुक्ष्म अध्ययनका साथै छलफल गर्नुपर्ने भएकाले आईटीयुले ५ दिन लामो बैठक तय गरेको हो ।

प्राधिकरणले भने बमोजिम आफ्ना काम कारवाहीहरु अगाडी नबढाएर दुरसंचार क्षेत्र पछि परेको धेरैको आरोप छ । अन्तरराष्ट्रिय संस्था आईटीयुले यसरी कार्ययोजनाका खाका तयार पारिदिने भएपछि दूरसंचार क्षेत्र फस्टाउने अपेक्षा गरिएको छ ।

यसै अन्तरगत आईटीयुले अन्तरराष्ट्रिय प्रतिबद्धता, क्षेत्रिय प्रतिबद्धता लगायतका दुरसंचार क्षेत्रका अन्य प्रतिवद्धतालाई मध्यनजर गर्दै कार्ययोजना बनाउने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL