१४चैत,काठमाडौं । माइक्रोसफ्टको उत्पादन अफिस प्याकेज अब सित्तैमा पाइने भएको छ । माइक्रोसफ्टले १० इन्च भन्दा कम स्क्रिन भएका उपकरणहरूलाई फ्रिमा अफिस प्याकेज दिने घोषणा गरेको छ ।
घोषणापछि सबै स्मार्टफोन, ट्याब्लेट र सानो स्क्रिन भएका कम्प्युटरका लागि यो निशुल्क हुनेछ । माइक्रोसफ्ट कर्पोरेटका उपाध्यक्ष कर्क कोनिसबाउरले १० इन्चभन्दा ठूला आकारका ट्याब्लेटमा भने यो निशुल्क नहुने बताएका छन् । माइक्रोसफ्ट १० दशमलव १ इन्च या त्यो भन्दा कम आकारका उपकरणलाई मोबाइल उपकरण मानिन्छन् ।
अफिज प्याकेज त्यस्ता उपकरणका लागि मात्र फ्रिमा दिइने छ ।
माइक्रोसफ्टका यो अफिस प्याकेजबाट प्रयोगकर्ताले नयाँ डकुमेन्ट बनाउन सक्छन् । साथै इडिट गर्न र पढ्न पनि सक्नेछन् । एजेन्सी