काठमाडौं । स्मार्ट सेलले आफ्नो नयाँ ब्रान्डिङको सुरुवात गरेको छ । कम्पनीले आफ्नो लोगो, डिजाईन, ग्राफिक्स तथा अन्य फिचरहरु परिवर्तन गर्दै स्मार्ट सेलबाट ‘स्मार्ट’ मा ब्रान्डिङ गरेको हो ।
कम्पनीले आफ्नो नारा पनि ‘योर वल्र्ड, योर भ्वाईस’ सार्वजनिक गरेको छ । नेपालमा आफ्नो अस्तित्व जोगाउने भन्दै नयाँ ब्रान्ड ‘स्मार्ट’ सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार हाल नेपालमा आफ्नो दायरा बढाउने उद्देश्यले काठमाडौं, भक्तपुर, ललितपुर तथा पोखरामा फोरजी सेवाको सुरुवात गरिएको छ ।
कम्पनीेको उक्त नयाँ ब्रान्डिङले प्रयोगकर्तालाई नयाँ अनुभुती प्रदान गर्नुका साथै अझ बढी फराकिलो तुल्याउने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीले आफ्नो नयाँ रिब्रान्डिङको साथ ‘ईट्स फ्रीडम’ भन्ने योजना ल्याएको छ । उक्त योजना अन्तरगत ९९ रुपैयाँमा कम्पनीको सिमकार्ड खरिद गर्दा ५० रुपैयाँको मेन ब्यालेन्स, २ सय एमबि डाटा, १० मिनेट टक टाईम र १० एसएमएस सुविधा प्राप्त गर्न सकिनेछ ।
उक्त योजना अन्तरगत न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एस एमएस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।