Logo

फेसबुकबाट पैसा पठाउन र लिन सकिने, सुरुमा अमेरिकीलाई सेवा दिइदै

फेसबुकबाट पैसा पठाउन र लिन सकिने, सुरुमा अमेरिकीलाई सेवा दिइदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० चैत,काठमाडौं । अव फेसबुक बाटै आफ्ना साथिलाई पैसा पठाउन तथा प्राप्त गर्न सकिने भएको छ । फेसबुकले हालै म्यासेन्जरमार्फत यस्तो सेवा उपलब्ध गराउने भएको छ ।

यो फिचरको माध्यमबाट ग्राहकले आफ्ना फेसबुक साथीलाई पैसा पठाउन वा प्राप्त गर्न सक्नेछन् । म्यासेन्जर मार्फत पैसा पठाउनका लागि प्रयोगकर्ताले विन्डोमा देखिने डलर आइकनमा क्लिक गर्नु पर्नेछ ।
सुरुमा यो सेवा अमेरिकामा मात्र उपलब्ध हुने बताइएको छ । आगामी महिना देखि अमेरिकामा यो सेवा उपलब्ध गराउने फेसबुकले जानकारी दिएको छ ।

सेवा लिनुअघि प्रयोगकर्ताहरुले अमेरिकी बैंकले जारी गरेको आफ्नो डेबिट कार्डलाई आफ्नो फेसबुक अकाउन्टसँग जोड्नु पर्नेछ । निशुल्क उपलब्ध गराइएको सो सेवा मोवाइल तथा डेस्कटप कम्प्युटरमा समेत यो सेवा उपलब्ध हुनेछ ।
विशेषगरी एन्ड्रोइड वा एप्पलको आईओएस अपरेटिङ सिस्टमयुक्त मोबाइलबाट फेसबुक म्यासेन्जरको प्रयोग गर्नेले यस्तो सेवा उपयोग गर्न सक्छन् ।

यसका लागि एक पिन नम्बर पनि बनाउनु पर्छ । अथवा आइफोनमा पैसा लेनदेनका लागि भरपर्दो सुरक्षाका लागि टच आइडी पनि बनाउन सकिनेछ ।

फेसबुकले अनलाइन भुक्तानी सम्वन्धी कम्पनी स्क्वायरकसँग पार्टरहिस परेर डेभिड कार्ड र अकाउन्ट जोड्ने सुविधा दिइसकेको छ । जसले गर्दा स्मार्टफोनमा च्याट गर्दागर्दै तुरुन्तै आफ्नो साथीलाई पैसा पठाउन वा पाउन सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्