काठमाठौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अवैध भिओआइपी कल बाइपासमा संलग्न राम प्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।
सिआइबीले नियमित रुपमा सञ्चालन गरेको अपरेशन भ्वाईस फोक्स अन्तर्गत खटिएको टोलीले विहीबार रुपन्देहीको झुलेनीपुरबाट न्यौपानेलाई पक्राउ गरेको हो । उनलाई दूरसंचार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिइ अनुसन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ ।
न्यौपानेको साथबाट प्रहरीले ६४ पोर्टको भिओआइपी गेटवे भएको १ थान सिम बक्स, नमस्ते तथा एनसिएलको सिमकाड १७ थान, ल्यापटप १, मोर्डन २, भिओआइपी एन्टेना १६, लमस्तेको रिर्चाजकार्ड १० थान लगायतका सामाग्री बरामद गरिएको छ ।
न्यौपानेको फेसबुक मार्फत मुनिर वकास सँग चिनजान भएको र वकास मार्फत नै सोयब खान सँग चिनजान गरी अबैध काम गरेको प्रहरीले जानकारी दिएको छ ।
३ महिना अघि भिओआइपी कल बाइपास सञ्चालनका लागि सोयवले हङकङबाट डिएचएल मार्फत भिओआइपी सञ्चालन गर्ने उपकरणहरु एमप्लिफायर बाकसमा हाली न्यौपानेको नाममा पठाएको प्रहरीले जानकारी दिएको छ ।
पाकिस्तानको कराँचीमा रहेका सोयबले उतैबाट सिस्टमको जानकारी लिने गर्थे । मुनिर विकास भन्ने व्यक्ति भने हाल टर्कीमा रहेको प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिएका छन ।
सिआइबीले हालसम्म १०६ स्थानमा कारबाही गरिसकेको छ । हालसम्म नेपाली १३० र विदेशी ३४ जना नागरिक पक्राउ परेका छन । पक्राउ परेकाहरु विरुद्ध सिआइबीले ११ अर्ब ९१ करोड एक लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसा विगो दाबी गरी अदालतमा मुद्दा चलाएको छ । सिआइबीका अनुसार हालसम्म विभिन्न दूरसंचार कम्पनिहरुका २३ हजार ३२ थान सिम बरामद गरेको छ ।