Logo

अबैध भिओआइपीमा संलग्न १३२ माथी कारवाही, १० अर्व ८६ करोडको मुद्दा दायर

अबैध भिओआइपीमा संलग्न १३२ माथी कारवाही, १० अर्व ८६ करोडको मुद्दा दायर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ फागुन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले हालसम्म अवैध भिओआइपीमा संलग्न १ सय ३२ जना विरुद्ध कारवाही गरेको छ । ब्यूरोले स्वदेशी र विदेशी नागरिकलाई पक्राउ गरी कारवाही गरेको हो ।

व्यूरोले विभिन्न ७८ स्थानमा छापा पारेको थियो । जसमा १ सय १ जना नेपाली रहेका थिए भने ३१ जना विदेशी नागरिक रहेका छन् ।

पक्राउमा परेको व्यक्ति विरुद्ध ब्यूरोले १० अर्व ८६ करोड विगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ ।

अवैध भिओआइपी विरुद्ध विभिन्न दुर संचार कम्पनीहरुका २० हजार ९ सय ४१ थान सिमकार्ड बरामद गरेको छ । यस्तै त्यसमा प्रयोग हुने उपकरणहरु समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL