काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले राख्न लागेको स्याटेलाईटमा नेपाललाई पनि उपयोग गर्न दिने बताएका छन् । नेपालको २ दिने भ्रमणमा रहेका मोदीले सार्क स्याटेलाईटको घोषणा गर्दै त्यसमा नेपाललाई पनि अधिकार दिने उद्घोष गरेका हुन् ।
मोदीले २०७१ सालमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा ‘सार्क स्याटेलाइट’ स्थापना गरी त्यसमा सार्क मुलुकहरुलाई संयुक्त रुपमा प्रयोग गर्न दिने बताएका थिए । सोही अनुरुप मोदीले सबै सार्क राष्ट्रलाई आफ्नो स्याटेलाईट प्रयोग गर्न दिने उद्घोष गरेका हुन् ।