काठमाडौं । टोक्यो विश्वविद्यालयका अनुसन्धाताहरुले फुटेपछि आफै जोडिने सिसा ‘सेल्फ हिलीङ ग्लास’ पत्ता लगाएका छन । जापान टुडेका अनुसार अनुसन्धानकर्ताले पत्ता लगाएको विधि अनुसार सिसा फुटेर २ टुक्रा भएपछि केहीछिनमा आपसमा आफै जोडिन्छन र केहि घन्टामै सिसा पहिलेकै अवस्थामा आइपुग्छ ।
जापान टुडेका अनुसार सो अनुसन्धान सुरुवाती चरण हो र यो एक सकारात्मक अनुसन्धानको आसा पनि हो । उक्त प्रकारको सिसाले औद्योगीक क्षेत्रको लागि ठुलो सम्भावना बोकेको हुन सक्छ । यसका साथै स्मार्टफोन उद्योगमा भने यसले ठुलै फड्को मार्ने सम्भावना रहेको छ जुन स्मार्टफोनको फुटेको स्क्रीन आफै जोडिने नामले परिचीत हुनेछ ।
‘एलजि जी फ्लेक्स’ र ‘जी फ्लेक्स २’ जस्तै चावीलगायत सामग्रीले कोतारीएको आफै मर्मत हुने प्लास्टिक जस्तै सोे सिसा पनी मोबाईलमा प्रयोग गर्न मिल्ने तरिकाले परिक्षण गर्न लागिएको हो । लामो अनुसन्धान पश्चात सो प्रयोग सफल भएको जापान टुडेले जानकारी दिएको छ ।
अवका दिनमा स्मार्टफोन निर्माताहरुले स्मार्टफोनको डिस्प्लेमा प्लास्टिक प्रयोग गर्ने छैनन, अब डिस्प्लेमा सिसा या धातु पनि प्रयोग गर्न सकिनेछ । आफै मर्मत हुने सिसा तार्कीक रुपमा आकर्षक छ । यो राम्रोसँग प्रयोगमा नल्याएसम्म स्मार्टफोनहरुमा प्रयोग गरिने छैन ।