Logo

भारतीय सेल्कन मोवाइल नेपालमा, १ दर्जन मोडल एकै पटक सार्वजनिक

भारतीय सेल्कन मोवाइल नेपालमा, १ दर्जन मोडल एकै पटक सार्वजनिक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१७ फागुन, काठमाडौं । भारतीय उत्पादन सेल्कन मोवाइल नेपाली बजारमा भित्रिएको छ ।

नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालिले सेलकनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको हो । सेल्कनका १ दर्जन मोवाइल बजारमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा क्यू ४४४, क्यू ५००अल्ट्रा,क्यू ५, ए २०,ए ३५४ सि, ए ११५,सि ५एस, सि ६०९ स्टार ,सि ५ प्लस, सि ३४४ रहेका छन् ।

नेक्स्ट जेनेरेशनले सेल्कन मोबाइल उपत्यका लगायत नेपाल भरका २ दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार शुरु गरेको जानकारी दिएको छ । मोबाइल सेटमा एक बर्ष वारेन्टी सहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिएको छ ।

कम्पनीले काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुरमा सो मोवाइल उपलब्ध गराएने भएको छ । त्यस्तै उपत्यका बाहिर नारायणगढ, हेटौंडा, जनकपुरलगायत स्थनमा विक्री गरिने जानकारी दिएके छ ।

भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइले बताए । कम्पनीले बिक्रिपछिको सुबिधालाई बिशेष ध्यानमा राखेर दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको जानकारी दिएको छ ।

एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु ४५५स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरासँगै फ्लास लाईटलगायत सुविधा छन् । त्यस्तै १दशमलव.२ क्वार्डकोर प्रोसेसर, ४दशमलव.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी र्यामयो मोवाइलको विशेषता हो ।

क्यु ५०० अल्ट्रामा २ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल क्यामरा छ । १दशमलव२ क्वाडकोर प्रोसेसर र १२ दशमलव७ सिएम एचडि स्क्रिन सहितका सुविधा रहेको रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्