Logo

भारतमा फाइभ जीको परीक्षण सफल, नेपालमा कहिले ?

भारतमा फाइभ जीको परीक्षण सफल, नेपालमा कहिले ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा फोरजी सेवा उपलब्ध भएको १ बर्ष भइसक्दा पनि अधिकांश जनताले यसको उपयोग गर्न पाएका छैनन् । यस्तो अवस्थामा यहाँ फाइभ जीको चर्चा हास्यास्पद हुन सक्छ ।

तर छिमेकी राष्ट्र भातरले भने नेपालको परिकल्पनामा सिमित फाइभ जीको प्रयोगलाई यथार्थमा परिणत गरेको छ । भारतले हालै फाइभ जी नेटवर्कको सफल परीक्षण गरिसकेको छ ।

एयरटेल र हुवावेले हालै गरेको फाइभ जी नेटवर्कको परीक्षण सफल भएको हो । जुन एयरटेलको नेटवर्क एक्सपेरियन्स सेन्टर मानेसर गुरुग्राममा भएको थियो । फाइभ जी सञ्चालनमा आएसँगै प्रयोगकर्तालाई ‘स्लो इन्टरनेट’का कारण दिक्क हुनुपर्ने समस्या हट्ने छ ।

फाइफ जी परीक्षणका लागि ५जी र्यान (रेडियो एक्सेस नेटवर्क) समावेश गरिएको थियो, जुन ३ दशमलव ५ गिगाहर्ज नेटवर्क व्याण्ड सञ्चालित छ । यस परीक्षणको क्रममा एक टीमले ३ जीबीपीएसको एक प्रयोगकर्ताको गति प्राप्त गरेको थियो । जसअनुसार ३ दशमलब ५ गिगाहर्ज व्याण्डका लागि सबैभन्दा बढी हो । १०० मेगाहर्ज व्याण्डवीथमा गरिएको सो परीक्षणको नतिजा राम्रो आयो ।

एयरटेलका अनुसार यदी यो गति सवै प्रयोगकताको मोबाइलमा आए ब्रोडव्याण्ड सेवाको बढोत्तरी हुन्छ । जसले कभरेजको आवश्यकता पुरा गर्छ ।

गत बर्ष डिसेम्बरमा थ्री जिपीपीले ५ जी स्ट्याण्डर्ड पुरा गरेको थियो । कम्पनीले यो प्रविधिमा प्रयोगकर्ताले यसअघि अनुभव नगरेको भिडियो स्पिड अनुभव गर्ने दाबी गरेको थियो । त्यस्तै ३६० डिग्री, ४के, अल्ट्रा एचडी, भर्चुअल रियालीटी ‘केकवाक’ बन्ने छ । सबै टेलिकम अपरेटर्सले यो आर्टिफिसियल इन्टिेलिजेन्स प्रवद्र्धन हुनेमा विश्वास राख्छ ।

भारतमा फाइभ जी गेम चेन्जरको रुपमा स्थापित हुने प्राविधिकहरु बताउँछन् । यसले हामीले गर्ने काम तथा जिउने जीवनशैलीलाई नै परिवर्तन गर्ने भारती एयरटेलका नेटवर्क डाइरेक्टर अभय सभरगावकरले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL