Logo

बानेश्वरपछी अब नारायणगोपाल चोकमा बल्ने भयो स्वदेशी प्रविधिको ट्राफिक लाइट

बानेश्वरपछी अब नारायणगोपाल चोकमा बल्ने भयो स्वदेशी प्रविधिको ट्राफिक लाइट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको बानेश्वरपछी अब नारायण गोपाल चोकमा ट्राफिक लाइट जडान गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाले नारायणगोपाल चोकमा फुल अटोमेटिक र माष्टर कन्ट्रोल रुमबाट कन्ट्रोल गर्न सकिने लाइट जडानको प्रक्रिया थालेको हो ।

स्वदेशी युवाहरुले तयार पारेको प्रविधिमा आधारित सोलार लाइट जडान गरिएको महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

ट्राफिक लाइट जडानको सम्पूर्ण जिम्मा स्वदेशी कम्पनी यार्सा टेक्नोलोजीले पाएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिका मिलेर करिब एक दर्जन स्थानमा सडक लाइट राख्न लागेका हुन् । यो प्रविधि प्रभावकारी भएको अवस्थामा सडकसँग सहमती लिएर अन्य स्थानमा पनि जडान गरिने शर्माले जानकारी दिए ।

हाल जडित ट्राफिक लाइट सडक विभाग अन्तर्गत पर्छ । सडक विभागले जडान गरेको अधिकांश बत्तीले काम नगरेको भन्दै महानगरले नयाँ सडक बत्ती जडानको प्रस्ताव गरेको थियो । त्यसमा विभागले सहमती दिएपछी प्रक्रिया थालेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्