Logo

इसेवा नवौँ वर्षमा प्रवेश, ६० लाख पुगे सेवाग्राही

इसेवा नवौँ वर्षमा प्रवेश, ६० लाख पुगे सेवाग्राही


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रालि’ नवौँ वर्षमा प्रवेश गरेको छ । नौ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ ।

२००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको इसेवा नवौँ वर्षमा प्रवेश गरेको हो । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ । त्यस्तै इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढि रहेको बताएको छ । यस्तै कम्पनीका अनुसार देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

नवौँ वर्ष प्रवेश गरेको उपलक्षमा कम्पनीका प्रेसिडेन्ट अस्गर अलीले विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि सेवा प्रदान गरिरहको बताए । साथै मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने कार्यमा कम्पनी पायोनियर बन्न सकेकोमा गौरवान्वित बनेको जानकारी दिए ।
नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको अलीको भनाई छ । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडी बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL