काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइन सेवा प्रयोग गर्नका लागि अबदेखि अग्रिम रुपमा रकम जम्मा गर्नुपर्ने भएको छ ।
कम्पनीले ल्याण्डलाइनको हालको बिलिङ प्रणालीलाई रुपान्तरण गरी तत्कालनै बिलिङ हुने ‘कन्भर्जेन्स रियल टाइम बिलिङ’मा परिवर्तन गर्ने प्रक्रिया अघि सारेकोले नयाँ व्यवस्था गर्न लागेको हो ।
यो बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ग्राहकले टेलिफोनमा रहेको ‘क्रेडिट लिमिट’सम्म मात्र सेवा प्रयोग गर्न सक्छन् । त्यो भन्दा बढी बक्यौता भएको अवस्थामा सेवा स्वतः बन्द हुने कम्पनीले जनाएको छ । अर्थात अहिलेजस्तो बक्यौता रहेको अवस्थामा पछि भुक्तान गर्न पाउने व्यवस्था हट्नेछ ।
कम्पनीले ग्राहकलाई समयमै बक्यौता रकम भुक्तान गर्न तथा आवश्यक रकम अग्रिम भुक्तान गरेर मात्र सेवा प्रयोग गर्न जानकारी गराएको छ ।