Logo

सूचना प्रविधिका हस्ती सिएन उपाध्यायको निधन, १ बजे दाहसंस्कार

सूचना प्रविधिका हस्ती सिएन उपाध्यायको निधन, १ बजे दाहसंस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको सूचना सञ्चार प्रविधि क्षेत्रका हस्ती सिएन उपाध्यायको मंगलबार निधन भएको छ । उनको आज ५७ वर्षको उमेरमा निधन भएको हो ।

बिहान एक कार्यक्रम सकेर फर्कदै गर्दा बाटोमा लडेका उपाध्यायको टाउकोमा गम्भीर चोट लागेपछि भक्तपुरको इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।

अस्पतालले ११ बजे उपाध्यायलाई मृत घोषित गरेको छ । आज दिउँसो १ बजे पशुपति आर्यघाटमा स्वर्गीय उपाध्यायको अन्तिम दाहसंस्कार हुने छ ।

उपाध्याय करिब २५ वर्षदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील थिए । उनी कम्प्युटर एशोसिएन अफ नेपाल (हालको क्यान महासंघ)का संस्थापक सदस्य हुन् ।

नेपालमा पहिलो पटक सूचना प्रविधि एक्स्पो सुरु गर्न मा उनको महत्वपूर्ण योगदान थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL