Logo

कात्तिक १५ भित्र डिजिटलमा रुपान्तरण नगरे एनालग केबुल बन्द हुने

कात्तिक १५ भित्र डिजिटलमा रुपान्तरण नगरे एनालग केबुल बन्द हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुचना तथा सञ्चार मन्त्रालयले यहिं कात्तिक १५ गतेभित्र परम्परागत एनालग प्रणालीमा सञ्चालन भइरहेका केबुल नेटवर्क डिजिटलमा रुपान्तरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले यसअघि तोकिएका काठमाडौं महानगरपालिका तथा विराटनगर, ललितपुर र पोरखा महानगरपालिकाका क्षेत्रभित्र सञ्चालित केबुल नेटवर्कलाई डिजिटलमा रुपान्तरन्रण गर्न निर्देशन दिएको हो ।

यसै बर्षको बैशाख १५ गतेभित्र एनलागलाई डिजिटलमा रुपान्तरण हुनुपर्ने मन्त्रालयले निर्देशन दिएपनि यसलाई कात्तिक १५ सम्मको अन्तिम समयसिमा तोकिएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको विश्वभर एनालग प्रणालीलाई विस्थापित गर्ने नीति अनुसार मन्त्रालयले पहिलो चरणमा तोकिएका क्षेत्रमा कात्तिक १५ भित्र कार्यान्वयनमा ल्याउन लागेको हो ।

सो अवधिभित्र मन्त्रालयबाट अनुगमन गर्दा डिजिटल प्रणालीमा रुपान्तरण भएको नपाइएमा एनालग केबलु तत्काल बन्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

मन्त्रालयले चरणबद्ध रुपमा तीन बर्षभित्र देशैभर एनालग प्रणाली विस्थापित गर्ने योजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्