काठमाडौं । नेपाल टेलिकम र एनसेलपछी स्मार्ट टेलिकमले पहिलोपटक फोरजी सेवा उपलब्ध गराउने भएको छ । स्मार्टले आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन लागेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले बताए ।
पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागेको कम्पनीले जानकारी दिएको छ । यी शहरसँगै क्रमशः देशका अन्य शहरमा पनि उपलब्ध गराइने छ ।
कम्पनीका अनुसार फोरजीका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी सकिएको छ । केही समय परिक्षणका रुपमा सञ्चालन गर्ने योजना स्मार्ट टेलिकमको छ । परीक्षणका क्रममा देखिएका त्रुटीहरुलाई सुधारर गर्दै अर्को महिनादेखि व्यवसायीक शुरुवात गर्ने कम्पनीले बताएको छ । काठमाडौं र पोखरामा वयवसायीक शुरुवात गरेसँगै नेपालगञ्ज, चितवन र विरगञ्जमा पनि फोरजी उपलब्ध गराउने योजना कम्पनीको छ ।
स्मार्टले पाँच महिना अघि फोरजीको लाइसेनस प्राप्त गरेको होस्मार्ट टेलिकमले १८ सय मेगाहर्ज ब्यान्डको १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
१८ सय ब्यान्डमै ५ मेगाहर्ज फ्रिक्वेन्सीबाट नेपाल टेलिकमले गत १७ पुस तथा एनसेलले १७ जेठदेखि फोरजी सेवा सञ्चालनमा ल्याइसकेका छन् ।
प्रयोगकर्ताले थ्रीजी र फोरजीको वास्तविक अन्तर स्मार्टको इन्टरनेट गती र स्थिरताबाट पहिल्याउन सक्ने कम्पनीको दाबी छ । कम्पनीले करिव ४५ जिल्लामा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ ।
आकर्षक अफर
फोरजीको शुरुवातसँगै स्मार्टले आकर्षण अफरसमेत ल्याएको छ । योजना अन्तर्गत प्रति सेकेन्ड एक पैसामा कल गर्न सकिनेछ ।
त्यस्तै एक महिनाका लागि भाइबर र ह्वाट्सएपमा निशुल्क कल गर्न सकिने छ । यसैगरी १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सकिनेछ । १४५ रुपैयाँमा ७५० एमबी डाटा र १५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
८५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिनसम्म प्राप्त हुनेछ । १५ रुपैयाँमा ७५ एमबी डाटा एक दिनका लागि प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।