Logo

टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा

टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले एक कार्यक्रममाबीच उक्त केन्द्र संचालनमा ल्याएका हुन् ।

नयाँ सेवा संचालनमा आएसँगै ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि थप सहयोग पुग्ने बिष्टले बताए साथै समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजस्व पनि वृद्धि हुने उनको भनाइ थियो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताए ।

यसैगरी टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताईन् ।

टेलिकमले १९७ मार्फत हुने सोधपुछ सेवा आजै देखि नयाँ संरचनाबाट सञ्चालनमा ल्याएको छ । वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम तथा सीडीएम मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिन्छ ।

हाल सम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने भएको छ । त्यसैगरी फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिने भएकोछ ।

प्रतिक्रिया दिनुहोस्