बिजखबर संवाददाता
२७ माघ,काठमाडौं । जियोनीका ३ नयाँ स्मार्टफोन बजारमा आएको छ । जीयोनीका पीटुएस,पीफोएस र फोसीक्स बजारमा आएको हो । जीयोनीको नेपालका लागि आधिकारीक विक्रेता टेलिटकले विद्यार्थी तथा गृहिणीलाई लक्षित गरी ल्याएको जानकारी दिएको छ ।
सामान्य फोन प्रयोग गरिराखेका मान्छेहरुका लागि पनि स्मार्टफोन अनुभव लिनका लागि राम्रो विकल्प हुने कम्पनीले जानकारी दिएको छ ।
जसमध्ये पीटुएस मोडलको मूल्य ८ हजार ४ सय ९८ रुपैयाँ तोकिएको छ । यसमा पातालो एण्ड्रोइड फोनमा ४ इन्चको स्क्रिन छ । दुईटा सिम राख्न सकिने यो स्मार्टफोनमा फोरजीबी आन्तरिक स्टोरेज छ ।
पीफोएस मोडलको मोवाइलको मूल्य रु १२ हजार ७ सय ९६ मूल्य राखिएको छ । क्रिस्टल स्किनले गर्दा आकर्षक देखिने यसमा ४ दशमलव ५ स्क्रिन,पाँच मेगापिक्सल क्यामरा छ ।
त्यस्तै १ जीवी ¥याम र १ दशमलव ३ गिगाहर्ज क्वाडकोर प्रोसेसर जस्ता विशेषताहरु छन् ।
यो श्रृंखलामा पीसीक्स अर्को राम्रो फ्mोन हो । यसमा मधुरो प्रकाशमा सेल्फ्mी खिच्न फ्रन्ट फ्ल्यास छ । १४ हजार ३ सय ९८ पर्ने यो फोनमा ८ जीवीको आन्तरिक मेमोरी छ । ३२ जीवीको एकस्पान्डेवल मेमोरी छ ।