Logo

टेलिकमले भन्यो, ‘धरहरा निर्माणबाट हात झिकेका छैनौं’

टेलिकमले भन्यो, ‘धरहरा निर्माणबाट हात झिकेका छैनौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफुहरु धरहरा निर्माण कार्यबाट पछि नहटेको स्पष्ट पारेको छ । डिजाइनको कुरा नमिलेपछि टेलिमकले धरहरा निर्माणबाट पछि हटेको भन्ने हल्ला बाहिर आएपनि टेलिकम अझै धरहरा निर्माणको पक्षमा रहेको नेपाल टेलिकमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् ।

भुकम्पछिको पुनर्निमाणका लागि कम्पनी संचालक समितिको निणर्णय अनुसार नै विभिन्न पुरातात्विक सम्पदा तथा धरहरा निर्माणका लागि नेपाल सरकारको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ दिन कम्पनी प्रतिवद्ध रहेको उनले जानकारी दिइन् ।

भण्डारीले आफु पद बहाली भएपछि १ बर्षसम्म गरेको कामको समेत समिक्षा गरेकी छिन् । उनले १ बर्षको अवधिमा अप्टिकल फाइबर संजाल विस्तार गरी आधुनिक आईपी बेष्ड प्रविधि प्रतिस्थापन गर्ने कार्यक्रम अन्तरगत टीडीएम विस्थापित गरिएको छ । सो योजना अन्तरगत पुराना प्रविधिका एक्स्चेञ्जहरुलाई चालू आवभित्रै थप २ लाख ५० हजार लाईन प्रपिस्थापन गरिने भएको छ ।

हाल काठमाडौं र पोखरामा फोरजीको ५ लाख ग्राहक पुगेको र एलटीई संचालन पश्चान डाटा खपख ७० प्रतिशतले बढेको टेलिकमले जानकारी दिएको छ । यसैगरी १ करोड क्षमताको जीएसएम आयोजनलाई काठमाडौं उपत्यका बाहेको मध्यमाञ्चल क्षेत्र, पूर्वाअञ्चल, मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी चालू आवमा नयाँ साइट ६ सय ७२ र बीएसटी र रिप्लेसमेन्ट साइत ४ सय ३२ संचालनमा ल्याउने टेलिकमको योजना रहेको छ ।

यसैगरी देशभर फोरजी संचालनका लागि बोलपत्र आब्हान गर्ने कार्य अन्तिमचरणमा पुगेको छ भने दुर्गम र अति विकट क्षेत्रका स्थानहरुमा दुरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिँदै डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा थ्रीजी मोबाइलसेवा संचालन गर्दै देशभर नै थ्रीजी सेवा पुर्याइएको टेलिमले जनकारी दिएको छ । देशमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा हुम्ला जिल्लामा समेत वाइम्याक्स पुर्याएको र वीर अस्पताल र त्रिवि शिक्षण अस्पतामा फ्री वाइफाई समेत संचालन गरेको छ ।

राजभण्डारीका अनुसार मोबाइल वित्तीय सेवा संचालन गर्न सहायक कम्पनी स्थापना तथा अन्य कम्पनीसँगको सहकार्यमा तत्काल संचालनमा ल्याइने भएको छ । यसैगरी तत्काल अप्टिकल फाइवर पुर्याउन सम्भव नभएको स्थानमा माइक्रोवेभ ट्रान्समिसन विस्तार गर्न बोलपत्र आब्हानको तयारी अन्तिम चरणमा पुगेको छ भने प्रिपेड सेवाग्राहीका लागि एयर टाईम क्रेडिट म्याजेमेन्ट संचालनमा ल्याउने कार्य अघि बढाएको छ ।

टेलिकमले उपकरणको अवरोध रहित संचालन तथा गुणस्तरीय सेवाका लागि कम्पनीको पुनसंरचना अनुसार देशका विभिन्न १६ स्थानमा इन्टीग्रेटेड मेन्टिनेन्स युनिट गठन गरी कम्प्लेन अडिट सिस्टमको समेत शुरु गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मौसम तथा विज्ञान विभागसँगको सहकार्यमा एसएमएस पढाउने, नेपाल प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरण तथा विभिन्न संघसंस्था मिलेर करोडौं रुपैयाँको एसएमएस पढाएको टेलिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्