Logo

टेलिकमको तिज अफर लम्बियो, असोज ४ गतेसम्म सयमा १ जिबी डाटा

टेलिकमको तिज अफर लम्बियो, असोज ४ गतेसम्म सयमा १ जिबी डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका अफरलाई निरन्तरता दिएको छ । भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका यी अफरहरु असोज ४ गतेसम्म लिन सक्ने गरी निरन्तरता दिइएको कम्पनीले जानकारी दिएको छ ।

बुवाको मुख हेर्ने दिन र तीजमा जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज योजना ल्याएको थियो ।

युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

युट्युब डाटा प्याकेज लिनका लागि वाईटिवानजिबी वा वाइटी५००एमबी लेखेर १४१५ मा पठाउनुपर्ने छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याकेज १५० वा प्याकेज २५० लेखेर १४१५ मा पठाउनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्