Logo

टेलिकमको सवा करोडको एसएमएस निःशुल्क, ९१ प्रतिशत टावर संचालनमा

टेलिकमको सवा करोडको एसएमएस निःशुल्क, ९१ प्रतिशत टावर संचालनमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पुर्याउन १ करोड १२ लाख रुपैयाँ बराबरको एसएमएस निःशुल्क प्रदान गरेको छ । टेलिकमले साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो ।

जस अनुसार टेलिकमले साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार रुपैयाँको एसएमएस निःशुल्क प्रदान गरेको थियो ।

कम्पनीले बाढीपहिरोबाट पीडित भइरहेको अवस्थामा राहत कार्यमा सहयोग तथा सेवाग्राहीलाई आफन्तसँग सम्पर्कमा रहनका सहज बनाउने उद्देश्य अनुरुप निःशुल्क एसएमएसको व्यवस्था गरेको थियो ।

सो अबधिमा जल तथा मौसम विज्ञान विभागले टेलिकमको नेटवर्कबाट प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजारभन्दा बढी एलर्ट एसएमएस पठाएको थियो ।

वर्षाका कारण पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसञ्चारका उपकरणमा क्षति पुगेकामध्ये हालसम्म ९१ प्रतिशत भन्दा बढी उपकरणहरु सञ्चालनमा आइसकेका छन् । बाँकी उपकरणहरु पनि छिट्टै नै सञ्चालनमा ल्याई सेवा सुचारु गर्ने कार्य द्रुत गतिमा भइरहेको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL