Logo

पोष्टपेड ग्राहकका लागि नेपाल टेलिकमको यस्तो सुबिधा

पोष्टपेड ग्राहकका लागि नेपाल टेलिकमको यस्तो सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधालाई रिप्याकेज गरेको छ । जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि उपलब्ध गराउदै आएको सीयुजी सुविधा मंगलबारदेखि रिप्याकेज गरेको हो ।

साथै नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यी सुविधा कात्तिक २७ गतेसम्म लागू हुनेछ । नेपल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यका अनुसार अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । साथै कर्पोरेट युजर ग्रुप वाहेक टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ ।

कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको जानकारी दिएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ ।

यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL