Logo

साउन ३१ गतेसम्म टेलिकमको एसएमएस निःशुल्क

साउन ३१ गतेसम्म टेलिकमको एसएमएस निःशुल्क


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि देशभर एसएमएस सेवा निःशुल्क गरेको छ ।

कम्पनीले बाढी तथा पहिरो प्रभाबित क्षेत्रमा उद्दार र राहत कार्यमा सहयोग पुर्याउने उदेश्यसहित देशभर एसएमएस सेवा निःशुल्क गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले बाढीग्रस्त २३ जिल्लामा नागरिकको उद्दारका लागि एसएमएस सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

टेलिकमले साउन ३१ गतेसम्मका लागि एसएमएस निःशुल्क गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL