काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सूचारु राख्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
शुक्रबार देशभर परेको अबिरल बर्षाका कारण बाढी तथा पहिरो गई जनधनको क्षति भएको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य र राहत कार्यमा दूरसञ्चार सेवाहरु नियमित सूचारु हुन आवश्यक भएकोले सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई आ आफ्नो सेवालाई निरन्तरता दिन भनेको हो ।
त्यस्तै आकस्मिक रुपमा गर्नुपर्ने सबै व्यवस्था गर्न समेत निर्दिष्ट गरेको हो ।