Logo

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, सेवा संचालनको ५ बर्ष पुरा

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, सेवा संचालनको ५ बर्ष पुरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई दिँदै आएको सापटी सेवालाई दोब्बरले बृद्धि गरेको छ । एनसलेले यस अघि प्रिपेड ग्राहकलाई २० रुपैयाँसम्म सापटी दिँदै आएकोमा त्यसलार्य बृद्धि गरी ४० रुपैयाँ पुर्याएको छ ।
एनसेलले सापटी सेवा संचालन गरेको ५ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ हो । जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सापटीको यो नयाँ योजना यहि बुधबार (साउन १८) देखी लागु हुनेछ । सापटी सेवा अन्र्तगतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क कर बाहेक २ रुपैयाँ मात्र लाग्नेछ । आफ्नो मुख्य ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ ।

सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवा भएको र त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा थप हौसला प्रदान गरेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने कम्पनीको विश्वास छ ।

दुई महिना वा सो भन्दा बढि समय देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवा अन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्क बापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् ।

डबल सापटी योजना ९० दिनका लागि मान्य रहनेछ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनु पर्नेछ । ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL