Logo

टेलिकमको सहुलियत भिडियो कलमा आकर्षण, सेवाग्राही ७ हजार पुगे

टेलिकमको सहुलियत भिडियो कलमा आकर्षण, सेवाग्राही ७ हजार पुगे


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवाको प्रयोगकर्ता ७ हजार ८४ जना पुगेको छ । १ वर्षको अवधिमा उक्त सेवाको प्रयोगकर्ता उच्च रुपमा बढेको टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गत बर्ष बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो । टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल कर बाहेक प्रतिमिनेट ५० पैसा तोकिएको थियो । साथै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघ देखि एसएमएसको कर बाहेक प्रति एसएमएस शुल्क २० पैसा तोकिएको छ ।

यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरबाट उक्त सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL