Logo

टेलिमकको प्रमोसनल अफर, डाटामा डबल बोनस, फोन उठाउँदा पैसा पाइने

टेलिमकको प्रमोसनल अफर, डाटामा डबल बोनस, फोन उठाउँदा पैसा पाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले प्रमोसनल अफर संचालनमा ल्याएको छ । कम्पनीले जीएसएम/सीडीएमए तथा एडीएसएल/offerएफटीटीएच सेवाका ग्राहकहरुका लागि सो अफर संचालनमा ल्याएको हो ।

जस अन्तरगत विदेशबाट आएको फोन उठाउदा बोनस प्राप्त गर्न सकिने छ । यो अफर सोमबारदेखि ९० दिनसम्मका लागि लागू हुनेछ । यो योजना अन्तरगत जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सकिनेछ ।

टेलिकमले अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक १ हजार रुपैयाँमा उपलब्ध गराउको छ । यस अघि कम्पनीले १ हजार १७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल डाटा उपलब्ध गराउँदै आएको थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० रुपैयाँ लिँदै आएकोमा अबा दिनमा ३ सय रुपैयाँमा १५ जीबी डाटा उपलब्ध गराउने भएको छ । टेलिमले २५ जीबी डाटाको ५ सय रपैयाँ र ४० जीबीको डाटाको ७ सय रुपैयााँ उपलब्ध गराउने भएको छ ।

टेलिकमले दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक ५ सय रुपैयाँ रहेकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक २ सय रुपैयाँ र अनलिमिटेड डाटाको ३ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।

टेलिकमले ल्याएको अफर अन्तरगत पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २ सय ४० जीबी, ६ महिनाका लागि ५ सय जीबी र १२ महिनाका लागि १ हजार २ सय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १ सय एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL