Logo

‘क्लीन फिड’मा कडाई , विज्ञापनरहित च्यानललाई मात्र डाउनलिङ्कको अनुमतिपत्र

‘क्लीन फिड’मा कडाई , विज्ञापनरहित च्यानललाई मात्र डाउनलिङ्कको अनुमतिपत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले साउन एक गतेदेखि लागु गर्ने घोषणा गरेको विदेशी च्यानलमा विज्ञापनरहित(क्लीन फिड) नीति कार्यान्वयन गर्न प्रक्रिया पुरा गरेको छ । क्लीन फिड लागु भए सबै विदेशी टेलिभिजन च्यानल बन्द गर्ने चेतावनी दिइरहेका व्यवसायीलाई सरकारले यो नीति जसरी पनि लागु हुने जवाफ दिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहिबार एक सूचना प्रकाशित गरेर विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र डाउनलिङ्क अनुमति दिने र नविकरण गर्न सकिने बताएको हो ।

विदेशी प्रसारण संस्थाको कार्यक्रम तथा टेलिभिजन च्यानलको सिग्नल वितरण गर्न अनुमति पाएका संस्थाहरुले विज्ञापनरहित च्यानलको मात्र सिग्नल वितरण गर्ने व्यवस्था गरिने पनि मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले नेपालभित्र कार्यक्रम वितरण र प्रसारण गर्ने सबै संस्थाहरुलाई विदेशी टेलिभिजन च्यानलमध्य विज्ञापनरहित कार्यक्रम आउने च्यानलमात्र प्रसारण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL