Logo

यी हुन् नेपालका सबैभन्दा महंगा मोबाइल

यी हुन् नेपालका सबैभन्दा महंगा मोबाइल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अलेक्जेन्डर ग्राहमबेलले पहिलोपटक टेलिफोन बनाएर परिक्षण गर्दै गर्दा यसैबाट फोटो खिचिएला अथवा भिडियो कल गर्न सकिएला भनेर कल्पना गरे होलान् ?

विश्वमै पहिलोपटक मोबाइल निर्माण गर्ने मोटोरोला कम्पनीले सन् १९७३ मा मोबाइल सार्वजनिक गर्दा यसले अहिलेजस्तो ‘स्मार्ट’ रुप लिन सक्छ भन्ने अनुमान ग¥यो कि गरेन ?

तर जे होस, यी विगत तीन चार दशकमा मोबाइल केवल कुराकानीमा सिमित छैन । इण्टरनेटको पहुँचले यसको आवश्यकता बढाइदिएको छ नै क्यामरा र सङ्गितको सुविधाले क्यासेट प्लेयर र डिजिटल क्यामरा नै विस्थापित हुने अवस्था भने आइपुुगेको छ ।
टेलिकम कम्पनीको नेटवर्क पहुँचले पनि मोबाइलको प्रयोग बढाउन सहयोग पु¥याएको छ । समयसँगै थपिने सुविधाले मोबाइल बहुउपयोगी साधन त बनेको छ नै । नेपालमा पनि मोबाइल प्रतिको ‘क्रेज’ व्यापक छ । सस्तामात्र हैन महङ्गा मोबाइल प्रयोगमा पनि यहाँका प्रयोगकर्ता उत्तिकै सौखिन छन् । सिटिभी मोबाइलका कार्यकारी निर्देशक अलाइभ ग्लाइडरका अनुसार व्यापारी, कर्पोरेट अफिसरको रोजाइमा महङ्गा फोन पर्छन् ।

यी हुन् महंगा मोबाइल

एप्पल सेभेन प्लस

एप्पल सेभेन प्लस नेपालमा उपलब्ध सबैभन्दा महंगो मोबाइल हो । यसको बजार मूल्य १ लाख ३९ हजार रुपैयाँ छ । ३२ जिवी, १२८ जिबी र २५६ जिबीमा यो उपलब्ध छ । ५.५ इन्चको स्क्रिन भएको सेभेन प्लसमा १२ मेगापिक्सल रियर क्यामेरा र ७ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा छ । यसको मूल्य मेमोरीका आधारमा फरक पर्छ ।

आइफोन सेभेन
४.७ इन्चको स्क्रिन, १२ मेगापिक्सल रियर क्यामेरा, ७ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा भएको आइफोन सेभनको बजार मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।

सामसुङएस ८ प्लस

सामसुङएस ८ प्लसको बजार मूल्य ९२ हजार रुपैयाँ छ ।

हुवावे पिटेन प्लस

हुवावे पि टेन प्लसको ७३ हजार रुपैयाँ पर्छ ।

साओमी एमआइ सिक्स
६.४ इन्चको डिस्प्ले भएको साओमीको एमआइ सिक्समा ५ मेगापिक्सलको फ्रण्ट र १६ मेगापिक्सलको रियर क्यामरा छ । यो मोबाइलको बजार भाउ ८२ हजार रुपैयाँ तोकिएको छ ।

सामसङ ग्यालेक्सी एस सेभन एज
ग्यालेक्सी एस सेभन एजको मूल्य ८८ हजार ९ सय रुपैयाँतोकिएको छ । यसमा ५.५ इन्चको डिस्प्ले, ४ जीबी र्याम र ३२ जिबी इन्टरनल मेमोरी छ । फ्रिंगर प्रिन्ट सेन्सर र वायरलेस चार्जिङजस्त सुबिधा यो मोबाइलमा छ ।

सामसुङ ग्यालेक्सी एस सेभेन

५.१ इन्चको डिस्प्ले, ४ जीबी र्याम, ३२ जीबी इन्टर्नल मेमोरीका साथै फिंगर प्रिन्ट सेन्सर र वायरलेन्स चार्जिङ सुविधा सामसुङ ग्यालेक्सी एस सेभेनमा छ । १२ मेगापिक्सल रियर क्यामेरा, एलइडी फ्लास र ५ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा यसमा छ । फोरजी लेट इन्टरनेट सुविधा पनि यसमा रहेको छ । यो मोबाइलको बजार मूल्य ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

ओप्पो एफ थ्री प्लस


६ इन्चको आइपीएस एलसिडी डिस्प्ले यो फोनमा छ । यसमा ४ जिबी र्याम,६४ जिबी रोम तथा १६ मेगापिक्सलको रियर क्यामरालगायत सुबिधा छन् । यो फोनको नेपाली बजारमा मूल्य ५४ हजार ९ सय तोकिएको छ ।

सोनि एक्सपेरिया जेफाइभ

सोनि एक्सपेरिया जेफाइभको बजार मूल्य ८७ हजार ५ सय तोकिएको छ । यो सोनीको नेपालमा उपलब्धमध्ये महंगो फोन हो । यसको विशेषता भनेको २३ मेगापिक्सलको रियर क्यामरा हो । त्यस्तै यो फोनमा ३ जिबीको र्याम र ३२ जिबीको रोम छ । क्वालकम स्न्यापड्रयागन ८१० क्वापप्रोसेसरबाट सञ्चालित यो फोनले फोरजी सपोर्ट गर्छ ।

प्रतिक्रिया दिनुहोस्