Logo

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ २५ रुपैयाँमा १० मिनेटको टक टाइम

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ २५ रुपैयाँमा १० मिनेटको टक टाइम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेशनल कल प्याक’ संचालनमा ल्याएको छ । अब एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

सो योजना अन्तरगत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र प्रति मिनेट २ रुपैयाँ ५० पैसामा कुरा गर्न सक्नेछन् ।

कम्पनीले आजैदेखि लागु हुने गरी कल प्याक योजना अन्तर्गत २५ रुपैयाँमा १० मिनेट अन्तरराष्ट्रिय टक टाइमबाट फाइदा लिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत सुलभ दरमा अन्तरराष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी निर्देशन अनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहन योगदान पुर्याउने उद्देश्य अनुरुप सो योजना कार्यान्वयमा ल्याइएको एनसेलका संवाद विज्ञ मिलन शर्माले बताए । साथै लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान उनको भनाइ थियो ।

प्याक अन्तर्गत अन्तरराष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ । यस इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्ट्रिक्स१०१ह्यास डायल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL