Logo

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, १६ जना सम्मानित

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, १६ जना सम्मानित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले पुलचोक ईन्जिनियरिङ क्याम्पसका १६ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । एनसेलले सोमबार एक कार्यक्रम आयोजना गरी १६ जना बिद्यार्थीलाई जनही १ /१ लाख रुपैयाँ प्रदान गरेको हो ।

दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यसहित ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीहरुलाई १६ लाखको छात्रबृत्ति दिएको एनसेलका कर्पोरेट संबाद विज्ञ मीलनमणी शर्माले जानकारी दिए ।

एनसेलले १२ जनालाई ‘एनसेल छात्रबृत्ति’ र बाँकी ४ जनालाई ‘उत्कृष्टता अवार्ड’ प्रदान गरेको हो । एनसेल छात्रबृत्ति पहिलो र दोश्रो सेमेस्टरको परिक्षामा ल्याएको अंकका आधारमा सबैभन्दा बढी ल्याउनेलाई दिइएको थियो । त्यस्तै त्यसमध्ये पनि छात्राहरुको तर्फबाट उत्कृष्ट एक जनालाई पनि पुरस्कार दिइएको हो ।

यता उत्कृष्टता अवार्ड भने इन्जिनियङिको सबै समेष्टरमा प्राप्त अंकका आधारमा उत्कृष्टलाई दिइएको थियो । उत्कृष्टता अवार्ड पाउनेमा बिबेक राई, सुजन ढुंगाना, भृतरत्न बज्राचार्य र महिला तर्फ सुजिता चौधरी रहेका छन् ।

ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकका डिन प्रा.डा. त्रिरत्न बज्राचार्य, क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, एनसेलका प्रमुख कानुन अधिकृत तथा कम्पनी सचिव अम्बर थापा र कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार संयुक्तरुपमा प्रदान गरेका थिए ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि ईन्जिनियरिङ अध्ययन संस्थान केन्द्रीय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । कार्यक्रममा पुलचोक क्यामपसका डिन त्रिरत्न बज्राचार्यले एनसेलको यो

छात्रबृत्तिले विद्यार्थीहरुमा नयाँ जोश ल्याएको जानकारी दिए । साथै विद्यार्थीलाई सिर्जनशिल बन्न समेत सहयोगगर्ने विश्वास व्यक्त गरे ।

एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

त्यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय र ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ । जसबाट २५,००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । साथै कम्पनीले भुकम्पबाट प्रभावित बालबालिकालाई संगीत सिकाउन एक संगीत विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्