Logo

‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्दै एनसेल, साप्ताहिक बिजेतालाई सामसुङ जे सेभेन

‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्दै एनसेल, साप्ताहिक बिजेतालाई सामसुङ जे सेभेन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’को आयोजना गर्ने भएको छ । गीत÷संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य अनुरुप एनसेलले सामसुङ्ग जे सेभन प्राइम मोबाइल उपहार योजना सहित ‘योण्डर क्याराओके प्रतियोगिता’ शुरु गर्ने घोषणा गरेको छ ।

योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले असार ५ गतेबाट सुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् । एनसेलले आफ्नो पिआरबिटी र टोन सेवा मार्फत गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै, गत जेठ १२ गते लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप ल्याएको थियो । यस एपमा स्न्याप क्याराओके जस्तो विषेशता रहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् भने २९ सेकेण्डसम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि सेयर गर्न सक्नेछन् ।

गीत÷संगीतका पारखीहरु तथा सधै थप सामाग्रीहरु खोज्ने ग्राहकहरुका लागि नेपाली तथा अन्तरराष्ट्रिय गीत÷संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न गरिएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताए । ‘योण्डर म्युजिक एपमा रहेको स्न्याप क्याराओके विषेशताको प्रयोग गर्दै ग्राहकहरुलाई आफ्नो प्रतिभा देखाउन प्रोत्साहन गर्ने उदेश्यले सोमबारबाट लागु हुने साप्ताहिक ‘योण्डर क्याराओके प्रतियोगिता’ को घोषणा गर्न पाउँदा हामी खुसि छौ,’ उनले भने, ‘यसले ओझेलमा परेका तथा लुकेर बसेका प्रतिभाहरुको प्रस्फुटनका निमित्त अवसर प्रदान गर्नेछ ।’ प्रतियोगिताले विभिन्न व्यक्तिहरुमा रहेको प्रतिभा बाहिर ल्याउनमा योगदान गर्नेछ भने गीत÷संगीत उद्योगलाई संभावना बोकेका प्रतिभाहरुको पहिचानमा सहयोग गर्ने उनको दाबी थियो ।

एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा #MysnapkaraokeWeek1 ट्याग सहित पोस्ट गर्नुपर्नेछ । क्याराओकेमा रेकर्ड गरिएको गीतहरु सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि हरेक हप्ता ह्यास ट्याग छुट्टै हुनेछ । जस्तै दाश्रो हप्ताको क्याराओके प्रतियोतितामा सहभागिता जनाउन ग्राहकले #MysnapkaraokeWeek2 ट्याग गरेर गीतहरु पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिक प्रतियोगिता सोमबार देखि आइतबारको समय चक्रमा ४ हप्ता सम्म संचालनमा रहनेछ ।

यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरु छानिने छन् । उत्कृष्ट १० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यास ट्गाय सहित कम्तिमा पनि १ सय लाइक पाएको हुनु पर्नेछ । चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णयक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ । विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउने छैनन् ।

हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कार हस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौ बाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाट पुरस्कार लिन सकिनेछ ।

योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तरराष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् । जसबाट सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL