Logo

अब मोबाइल सेवा सम्बन्धी गुनासो सम्बोधन हुने

अब मोबाइल सेवा सम्बन्धी गुनासो सम्बोधन हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल सेवाको गुणस्तर मापनका लागि ग्राहकहरुको प्रतिक्रिया लिने भएको छ । प्राधिकरणले
एनटिए क्युओएस सर्भे नामक मोवाइल एपमार्फत ग्राहकका गुनासाहरु लिन लागेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सो एप मार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवा सम्बन्धी कुनै गुनासो टिपाउन सक्ने छन् ।

‘ग्राहकले टिपाएका गुनासोबारे सम्वन्धित टेलिकम अपरेटरलाई जानकारी तथा आवश्यक निर्देशन दिने छौं ’ प्रवक्ता अर्यालले बताए ।
इने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

प्राधिकरणका अनुसार एपलाई हाल गुगलको प्ले स्टोरवाट डाउनलोड गर्न सकिन्छ । साथै भने निकट भविष्यमा नै एप्पलको एपस्टोरमा पनि राखिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्