Logo

टेलिकमको ग्राहकलाई फोनबाटै एसईइको नतिजा हेर्ने सुबिधा

टेलिकमको ग्राहकलाई फोनबाटै एसईइको नतिजा हेर्ने सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौ। एसइई परिक्षाको नतिजा नेपाल टेलिकमको आइभीआर, एसएमएस तथा वेब साइटबाट हेर्न मिल्ने भएको छ । विद्यार्थीहरुले सहजै एसइईको नतिजा हेरुन भन्ने उद्देश्यसहित सुबिधा उपलब्ध गराएको टेलिकमले बताएको छ ।

टेलिकमको नम्बरबाट १६०० डायल गरी आइभीआर प्रबिधि मार्फत नतिजा हेर्न सकिन्छ । त्यस्तै कम्पनीको जिएसएम अथवा सिटिएमएको प्रिपेड पोष्टपेडबाट मेसेज बक्समा गई एसइई स्पेस सिम्बोल नम्बर र अक्षर टाइप गरी १६०० मा पठाउन सकिन्छ ।

त्यसैगरी टेलिकमको वेव साइट एब्लुडब्लुडब्लु डट एसइई डट एनटीसी डट नेट डट एनपीमार्फत मार्कसिट सहितको नतिजा हेर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL