Logo

एनसेलले ल्यायो ‘वानप्लान’, एक प्याक तीन सेवा

एनसेलले ल्यायो ‘वानप्लान’, एक प्याक तीन सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । ग्रााहकलाई सर्बलुभल मूल्यमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिकको मजा प्रदान गर्ने उद्देश्य अनुरुप कम्पनीले साप्ताहिक योजना ल्याएको हो ।

यो योजना असार १ देखि लागु हुने छ । कम्पनीका प्रिपेड र पोष्टपेड सबै ग्राहकले चलाउन मिल्ने सो योजना अन्तरगत एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीतसंगीतको मजा लिन सक्नेछन् ।

वानप्लान योजना अन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।

वानप्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक १ सय ५० रुपैयाँमा लिएर ५ सय एमबी डेटा, १ सय मिनेट अन नेट टक टाइम र २ सय वटा अन नेट एसएमएस सेवाको मजा लिन सक्नेछन् । त्यस्तै वानप्लान ३ सय अन्तर्गत ग्राहकले ३ सय रुपैयाँमा १ हजार ५ सय एमबी डेटा, ३ सय मिनेट अन नेट टक टाइम र ६ सय वटा अन नेट एसएमएस पाउनेछन्् ।

त्यसैगरी, ग्राहकले वानप्लान ५ सय अन्तर्गत ५ सय रुपैयाँमा ३ हजार एमबी डेटा, ६ सय मिनेट अन नेट टक टाइम र १ हजार २ सय वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । उक्त शुल कर सहित भएको र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।

डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधन गन कम्बो प्याक ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । साथै सो योजनाबाट ग्राहकले थप लाभ लिने उनको भनाइ थियो ।

सो योजनाका लागि एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।
यो अफर लागु भएको दिन देखि ३० दिनको लागिमान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL