Logo

१ बर्षभित्र १६० स्थानमा सेवा विस्तार गर्दै टेलिकम, प्राथमिकतामा दुर्गम क्षेत्र

१ बर्षभित्र १६० स्थानमा सेवा विस्तार गर्दै टेलिकम, प्राथमिकतामा दुर्गम क्षेत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आगामी १ बर्ष भित्र देशका विभिन्न १ सय ६० स्थानमा टेलिफोन सेवा उपलब्ध गराउने भएको छ । सो उद्देश्य अनुसार हाल विभिन्न स्थानमा विटिएस टावर जडानको काम शुरु गरिएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

जसअनुसार हाल उपल्लो मुस्ताङ (मुस्ताङकौ माथिल्लो भेग)मा सेवा थप गर्ने काम भइरहेको उनले बताए । अपर मुस्ताङमा हालसम्म कुनै पनि सेवा प्रदायकको मोबाइन सेवा पुगेको छैन ।

उनका अनुसार उपल्लो मुस्ताङको घ्युला डाँडा, स्याङबोचे र लोमान्थाङमा ‘जिएसएम, बिटियस’ टावर निर्माणको काम अघि बढेको छ । ‘मुक्तिनाथसम्म मोबाइल नेटवर्क टिप्छ’ उनले भने त्यहाँबाट माथी टिप्दैन।’

त्यस्तै बागलुङको खुङगु, गुर्जामा पनि २ महिनाभित्र मोबाइल नेटवर्क बिस्तार गर्ने उनले जानकारी दिए । बागलुङको खुङ्गु र गुर्जामा पनि हालसम्म कुनै प्रदायकको मोबाइल नेटवर्क पुगेको छैन ।

नेपाल टेलिकमले दुर्गम तथा अति विकट स्थानमा दुरसञ्चार पुर्याउने सरकारको नीति अनुरुप काम अघि बढाएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

विशेषगरी दुरसञ्चारको पहुँचै नभएको स्थानका सर्वसाधारणलाई सेवा दिने उद्देश्य रहेको उनले बताए । ‘लगानी बढी हुने तर प्रतिफल कम आउने स्थानमा पनि टेलिकमले सेवा प्रदान गर्नै छ’ अधिकारीले भने ।

नेपाल टेलिकमले मुस्ताङमा सेवाको गुणस्तर बढाउन काम सुरु गरेको छ । मोबाइल र तीव्रगतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्न लागेको छ ।
सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको उनको भनाई छ ।
धवलागिरिमा ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा उपलब्ध गराउने तयारीमा टेलिकम रहेको छ । टेलिकमले गत बैशख ७ गते रारामा सेवा पुर्याएको थियो । यससँगै रारामा थ्रीजी सेवा लिन सक्ने भएका छन् ।

त्यस लगतै धादिङको उत्तरी भेगका विकट गाउँ लापा र टिप्लिनमा पनि मोवाइल सेवा पुर्याएको थियो । जहाँ हालसम्म नेटवर्क पुगेको थिएन ।
टेलिकमले दोलखाको विकट बेदिङमा पनि विटिएस टावर स्थापना गरेको छ । सो टावर मार्फत गौरीशंकर,नागुन खेल्चाका ८४ घरधुरी लाभान्वित भएका छन् ।

त्यसो त टेलिकमले मोवाइल सेवा उपलब्ध गराइरहेको स्थानहरुमा पनि विटिएस टावर थप्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL