Logo

सूचना प्रविधिका लागि ५ अर्ब बजेट, प्रत्येक नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोड्ने

सूचना प्रविधिका लागि ५ अर्ब बजेट, प्रत्येक नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोड्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा सूचना तथा सञ्चार प्रविधिका लागि ४ अर्ब ९८ करोड बजेट छुट्याएको छ । सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेखनिय फड्को मार्ने उद्देश्यसहित सो बराबरको रकम छुट्याइएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार आगामी आवमा सरकारी निकायबाट प्रकाशित सामग्री, सूचना तथा निर्णयहरु एकिकृत रुपमा विद्युतीय माध्यमबाट समेत उपलब्ध गराउने गरी सूचना विभागमा सूचना बैंकको स्थापना गरिने छ । त्यस्तै विदेशी प्रसारण संस्थाबाट नेपालभित्र प्रसारण गरिने प्रसारणसामग्रीलाई साउन १ गतेदेखि विज्ञापन रहित बनाउन शुरु गर्ने छ ।

राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा अप्टिकल फाइबर बिच्छ्याइ आगामी दुई बर्ष भित्र सबै जिल्ला सदरमुकाम,नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोड्ने योजना सरकारको छ । दूरसञ्चार सेवालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन दूरसञ्चार सेवा प्रदायकबीच एक आपसमा गाभिने प्रोत्साहन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्