Logo

बिकट क्षेत्रमा पुग्यो नेपाल टेलिकम, धादिङका लापा र टिप्लिङमा मोवाइल सेवा

बिकट क्षेत्रमा पुग्यो नेपाल टेलिकम, धादिङका लापा र टिप्लिङमा मोवाइल सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धादिङको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङका जनताहरुले मोवाइल सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले ती स्थानमा विटिएस स्थापना गरी बिहीवारदेखि देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । ती स्थानहरुमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ, बराङ, झारलाङका करिव ३ हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ ।

लापा धादिङको सदरमुकामबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ । त्यसैगरी टिप्लिङमा स्थापित विटिएसबाट टिप्लिङल र सेरटुङलगायत नजिकका गाउँका करिव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने भएका छन् ।

टिप्लिङ धादिङवेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार सो क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL