Logo

डिलरको आरोप झुटो भन्दै एनसेलले दियो स्पष्टिकरण, अवाञ्छित गतिविधिप्रति खेद

डिलरको आरोप झुटो भन्दै एनसेलले दियो स्पष्टिकरण, अवाञ्छित गतिविधिप्रति खेद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले विगत केहि दिन देखि बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटो तथा आधारहिन आरोप लगाएको भन्दै स्पष्टिकरण दिएको छ । त्यस्ता डिलरले कम्पनीका कर्मचारीलाई व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्यागर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरेर काममा अवरोध गरेको भन्दै स्पष्टिकरण दिएको हो ।

एनसेलले ५ वटा वितरक मार्फत सिम तथा रिचार्जकार्ड विक्री गर्दै आएको र यी वितरकसँग एनसेलको सम्झौता रहेको जानकारी दिएको छ । साथै उनीहरुले सोहि सम्झौताअन्तर्गत रहि काम गर्दै आएकको छ । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज नगरेको एनसेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजीम गर्ने गरेका हुन्छन् । ‘डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने नहुनेभएकोले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन’ विज्ञप्तिमा भनिएको छ ‘त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउदैन ।’ साथै डिलरको नियुक्तीवा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका नरहने समेत जानकारी दिएको छ ।

कम्पनीले आफ्नो व्यावसायीक तथा कानूनी अधिकार भित्र रही ग्राहक सेवालाई थप सुदृढ गर्न आफ्ना कार्यसञ्चालनमा थपसुधार गर्नु एउटा सामान्य प्रक्रिया भएको बताएको छ । यस अन्तर्गत विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई–टपअपको अझ चुस्त व्यवस्थापनका लागि जोनल एजेन्ट नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ ।

साथै डिलरलाई पनि जोनल एजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई काम गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलतातथा लाभ बमोजिम बितरक तथा जोनलएजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सृजनागर्ने रहेको छ । यसले सबै पक्षलाई लाभप्रदान गर्ने समेत बताएको छ ।

कुनै पनि समायोजन गर्दा एनसेलले सधै सम्बन्धित पक्षलाई संलग्न गर्दै र ग्राहक सेवा तथा प्रतिस्पर्धालाई योगदान पु¥याउने खालका प्रतिक्रिया तथा रचनात्मक सुझावलाई खुला हृदयले ग्रहण पनिगर्दै आएको छ ।

यस कार्यमा डिलरलाई कुनै पनि जानकारी चाहिए वा प्रतिकृया रहे उनीहरुलाई नियुतm गर्ने वितरकसँग कुरा राखी आफ्नो समस्याको समाधान गर्न सुझाव दिएको छ । तर त्यसो नगरी केहि डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जत गर्ने, व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्यागर्ने जस्ता अवाञ्छित गतिविधि गरेकोमा खेद व्यक्त गरेको छ । साथै सम्बद्ध डिलरलाई यीलगायत यस किसिमका भ्रामक गतिविधि तथा जनमानसको दुरसंचार जस्तो अत्यावश्यक सेवामा असर पार्ने खालको कुनै पनि कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL