Logo

एनसेलले ल्यायो नयाँ डेटा प्याक अफर, प्रतिएमबि शुल्क ६ पैसा मात्र

एनसेलले ल्यायो नयाँ डेटा प्याक अफर, प्रतिएमबि शुल्क ६ पैसा मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । सो योजना अन्तरगत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

एनसेलले ल्याएको नयाँ योजना वैशाख ७ गते देखि नै लागु भएको छ । इन्टरनेट सबैका लागि’ थिम अन्तरगत यस अघि ल्याइएको अफर समाप्त भए लगतै ल्याइएको सो योजनामा एनसेलका सबै ग्राहकहरुले न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्नेछन् ।

अल टाइम डेटा प्याक अन्तरगत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, १ सय रुपैयाँमा ३ सय एमबि, १ सय ५० रुपैयाँमा ६ सय एमबि र २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् ।

डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३ सय एमबि, ६ सय एमबि र १ हजार २ सय एमबिका प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।

ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्नेे प्रतिबद्धता अनुरुप डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै नयाँ अफर ल्याएको एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्मालले बताए । सो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने समेत उनको भनाइ थियो ।
एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै कर सहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL