Logo

कसरी गर्ने विद्युतीय फोहोर व्यवस्थापन? दूरसञ्चार प्राधिकरणले माग्यो सुझाव

कसरी गर्ने विद्युतीय फोहोर व्यवस्थापन? दूरसञ्चार प्राधिकरणले माग्यो सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतिय फोहोर नियन्त्रण तथा व्यवस्थापनको प्रक्रिया थालेको छ । प्रयोग मिति सकिएका मोबाइल, कम्प्युटर तथा टिभीलगायत विद्युतिय सामग्रीहरुको कारण उत्पन्न हुने फोहार व्यवस्थापनका लागि सरोकारवालाहरुसँग सुझाव प्राधिकरणले मागेको हो ।

यसले वातावरण र मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै नियन्त्रण गर्न लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘यस्ता विद्युतीय सामग्रीले पानी,माटो तथा हावा प्रदुषण बनाउछ ’ उनले भने ‘त्यसैले यस्ता सामग्रीको नियन्त्रण गर्न कानून बनाएर जान प्रस्ताव गरेको हो ।’

प्राधिकरणले हालै नेपालमा विद्युतीय सामग्रीको प्रयोग बढेको र यसले मानव शरिरमा असर पार्नेलगायत समेटिएको कन्सल्टेशन पत्र सार्वजनिक गरि सुझाव मागेको ।

उक्त पत्रमा सबै सरोकारवालाहरुको सुझाव समेटेर संचार मन्त्रालय मार्फत वातावरण मन्त्रालय, उच्चस्तरिय वातावरण संरक्षण समितिमा पठाइने प्राधिकरणका प्रवक्ता अर्यालले जानकारी दिए। प्राधिरणले रेडियो,टिभी,मोबाइल, एक्सरे मेसिनलगाएतका विभिन्न ८९ प्रकारका उपकरण र तिनका सामग्रीहरुको उपयोग मिति सकिएपछि व्यवस्थापन गर्न सुझाव पेश गरेको छ।

केछ पत्रमा ?
सो पत्रमा ८९ वटा उपकरणलाई त्यस्तो फोहोर उत्पादन गर्ने समूहमा राखिएको छ । त्यस्तै उपायोग मिति सकिएपछि निश्चित संयन्त्र बनाएर नष्ट गर्ने,पुनःप्रयोग गर्ने अवस्था हेरि निक्र्यौल गर्नुपर्ने सुझाव दिइएको छ । उपयोग मिति सकिएर खेर गएर थुप्रिने त्यस्तो फोहरलाई हाल नेपालमा जथाभावी फाल्ने गरिएकोले प्रदुषण बढेको समेत उल्लेख छ । साथै व्यावसायी, सरकार तथा निर्माता कम्पनी सबैलाई सहमत तथा समेटेर त्यस्तो संयन्त्र बनाएर विद्युतीय फोर नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । प्राधिकरणको वेवसाइटमा राखिएको सो सूचना अनुसार सूचना प्रकाशित भएको ३० दिनसम्म सुझाव दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्