Logo

एनसेलले ल्यायो दैनिक र साप्ताहिक पिआरविटी सेवा, एक रुपैयाँमै संगीतको मज्जा

एनसेलले ल्यायो दैनिक र साप्ताहिक पिआरविटी सेवा, एक रुपैयाँमै संगीतको मज्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ । ग्राहकले दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन मिल्ने गरी उक्त सेवा संचालनमा ल्याएको हो यस अघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिको मात्र लिन मिल्थ्यो ।

यो अफर आजैदेखि लागु हुने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । । यस योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् । पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको टोन तथागीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन्

योजना अन्तगरगत लोकप्रिय नेपाली तथा अन्तर्राष्ट्रिय गीत संगीतहरुको सुचिबाट ग्राहकले आफुले रुचाएको गीततथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् ।

यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहितमात्र एक रुपैयाँमा सुचारु गर्न सक्नेछन् । त्यस्तै एक हप्तासमयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित ५ रुपैयाँमा सो सेवा लिन सक्नेछन् ।

ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशनअनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एस्ट्रिक१७११७ह्यास डायल गरी गीत तथा टोनको सुचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् ।

पिआरबिटी एनसेलका ग्राहकको मनपर्ने सेवाको रुपमा रहँदै आएको र दुई नयाँ संस्करणका साथ ग्राहकलाई पिआरबिटी सेवामा पनि छनोटको विकल्प ल्याउन पाउनु कम्पनीको लागि गौरवको विषय भएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

दैनिक र साप्ताहिक पिआरबिटी र टोन सेवा स्वतःनविकरण हुनेछ । साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नविकरणका बारेमा सुचित गराइनेछ । ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रियगर्न सक्नेछन् । यो नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL