Logo

नयाँ वर्षमा एनसेलको रोमिङ् अफर, ५३ देशमा लागू

नयाँ वर्षमा एनसेलको रोमिङ् अफर, ५३ देशमा लागू


बिजखबर संवाददाता
0
Shares

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ् आफर ल्याएको छ । जस अन्तरगत रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

यो योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ । उक्त सेवा अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो योजना बिहीबारदेखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहित ५ सय रुपैयाँमा अनलिमिटेड डेटा चलाउन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म चलिरहने छ । नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ । ग्राहकले डेटा प्रयोग गरेको अवस्थामा मात्र ५ रुपैयाँबाट खर्च हुनेछ । दैनिक रोमिङ् डेटा प्याक भारत, चीन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।

त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र ५ सय रुपैयाँमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ । भारत र चीनको लागि भने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

विभिन्न देशमा भ्रमणमा रहदा ग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याएको कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । साथै उक्त सेवाले रोमिङ्मा रहँदा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउने कम्पनीको विश्वास छ ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् । एनसेलका ग्राहकले एस्ट्रिक्स१०१ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL