Logo

जर्मनीको सूचना प्रविधि मेलामा हारतीको उत्कृष्ट प्रदर्शन, नेपालको पर्यटन प्रवद्र्दनमा टेवा

जर्मनीको सूचना प्रविधि मेलामा हारतीको उत्कृष्ट प्रदर्शन, नेपालको पर्यटन प्रवद्र्दनमा टेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । हारती कम्प्युटर प्राली सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश नामक सूचना तथा डिजिटल प्रविधि सम्वन्धि मेलामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले यही मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको मेलामा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शकको रुपमा सहभागी भएको थियो ।
माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा सहभागी भएका थिए । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा सेमिनारको आयोजना गरिएको थियो । उक्त मेलामा विश्वका यस क्षेत्रमा काम गर्ने करिब ३ हजार कम्पनीले भाग लिएका थिए ।

नेपालबाट हारतीले नै पहिलो पटक मेलामा भाग लिएर फर्किएको हो । हारतीका आफ्ना सेवा तथा विकास भएका सफ्टवेयरहरुलाई उक्त मेलामा विशेषरुपमा प्रदर्शन गरेको थियो ।

तपाईको वाहिरी गन्तब्य नेपाल भन्ने नारा सहित सम्वन्धित बस्तु तथा सेवाहरुको लागि छिमेकी देश भारत, चीन र फिलिपिन्सको भर पर्नुपर्ने बाध्यता हामी सामु थियो र छ पनि अब हामी नेपाल यसमा सशक्तरुपमा आउदैछौं भन्ने सन्देश दिएको कम्पनीले जानकार दिएको छ ।

मेलामा कम्पनीले आफ्ना सेवा सुविधालगायत नेपालको पर्याटन क्षेत्रलाई केही टेवा पुग्ने उद्दश्यले आफ्नो स्टललाई नेपाली कला र सस्कृति पूर्णरुपमा नेपालीपन झल्कीने गरी सजाईनुका साथै आगन्तुकहरुलाई नेपालको बारेमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्