Logo

शंकास्पद फोन नउठाउन टेलिकमको आग्रह, ‘नचिनेको विदेशी नम्वरको मिस्डकलमा कलव्याक नगरौ’

शंकास्पद फोन नउठाउन टेलिकमको आग्रह, ‘नचिनेको विदेशी नम्वरको मिस्डकलमा कलव्याक नगरौ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केहि दिनदेखि शंकास्पद नम्वरबाट मिसकल आएको भनदै नेपाल टेलिकमले त्यस्ता फोन नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको हो ।

टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्वरमा ट्युनिसियाको कोडबाट मिसकल आएको पाइएको छ । टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरका कलहरुलाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जानकार दिएको छ ।

साथै यस्ता कलहरु आए नउठाउन तथा मिस्डकलको कलव्याक नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्