Logo

सगुनमा ३१लाख डलर लगानी प्रतिवद्धता, अबको सेयर निष्काशन जिम्मा बुस्टेड सेक्युरिटीलाई

सगुनमा ३१लाख डलर लगानी प्रतिवद्धता, अबको सेयर निष्काशन जिम्मा बुस्टेड सेक्युरिटीलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगुनको स्वामित्व सेयर विक्री कार्यक्रमको पहिलो चरणमा ३१ लाख ६ हजार ६ सय अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको छ । सगुनमा आजसम्म ६१ देशका ३ हजार ४ सय ४६ जनालगानीकर्ताबाट सो बराबरको प्रतिबद्धता आएको संस्थापक गोविन्द गिरीले जानकारी दिए ।

ती रकम सगुनको खातामा आउने क्रम जारी रहेको बताएको छ ।

अव दोश्रो चरणमा सेयर विक्री गर्ने जिम्मा अमेरिकाको बुस्टेड सेक्युरिटीज एलएलसीलाई दिइएको छ । बुस्टेड सेक्युरिटी अमेरिकामा लामो समयदेखि सेयर सम्वन्धी काम गर्दै आएको कम्पनी हो । पहिलो चरणमा लगानी गर्न नपाएका व्यक्तिहरुले सो ब्रोकरबाट सेयर खरिद गर्न सक्ने छन् ।

यसैवीच सगुनले आगामी ३ महिना भित्र मोवाइल एप निकाल्ने तयारी गरेको छ । साथै २०१७ को अन्त्यसम्मका सोसियल स्मार्ट कार्ड बजारमा ल्याउने योजनासहित काम अघि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्