Logo

एनसेलको एसईई अफर, १ रुपैयाँमा सिम, विना पैसा अनलिमिटेड कल सुविधा

एनसेलको एसईई अफर, १ रुपैयाँमा सिम, विना पैसा अनलिमिटेड कल सुविधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं मोवाइल सेवा प्रदायक कम्पनीले एनसलेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा दिएका परीक्षार्थी लक्षित गर्दै ‘पहिलो सिम’ विषेश अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमै एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् । त्यसरी लिएको सिममार्फत ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवा लिन सक्नेछन् ।

आजदेखि लागू हुने यस योजनामा एसईई दिएका परीक्षार्थीले आफ्नो प्रवेश पत्र र आमा वा बाबुको नागरिकताको फोटो कपि बुझाई एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।यो योजना शुरु भएको मितिबाट ९० दिनसम्म लागू हुनेछ ।

यो योजनाअन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरे पछि ै अतिरिक्त शुल्क विना माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभलिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

एसईई योजनाले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई संवोधन गर्ने छ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL