कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङले आफ्नो नयाँ एस सिरिजका स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमबीच सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको एस ८ को बजार मूल्य ७ सय ५० अमेरिकी डलर तोकिएको छ भने एस ८ प्लसको बजार मूल्य ८ सय ५० अमेरिकी डलर रहेको छ ।
भर्खरै सार्वजनिक भएको एस ८ मा ५ दशमलव ८ इन्चको क्विएजडी सुपर एमिलेड डेस्प्ले रहेको छ भने एस ८ पल्समा ६ दशमलव २ इञ्चको डिस्प्ले रहेको छ ।
दुबै फोनको १२ मेगाफिक्सेलको रियर र ८ मेगापिक्सेलको फ्रण्ट क्यामरा रहेको छ । ग्यालेक्सी एस ८ र एस ८ प्लस अक्टा कोर १० एनएम प्रोसेसर रहेको छ । जसमा चार कोर २ दशमलव ३ जिएजजेट र चार कोर २ दशमलव ७ जिएजजेट बाट लक गरिएको छ । ती फोनहरुमा क्वालकमको पछिल्लो स्पेनड्रैगेन ८३५ प्रोसेसर छ ।
एस ८ र एस ८ प्लसमा ४ जिबीको र्याम र ६४ जिबीको इन्टरनल मेमोरोरी रहेको छ । यसलाई बढाएर २ सय ५६ जिबीसम्मको मेमेरी थप्न सकिनेछ । उक्त फोनहरुमा वायरलेस र फस्ट चार्जिङ सर्पोट रहेको छ । ३६० को गियर कनेक्ट रहेको छ । यो डिभाइसको मद्दतले ४ पे रिजोलुसनबाट ३६० भिडियो बनाउन सकिन्छ भने १५ मेगापिक्सेल फोटो खिच्न सकिन्छ ÷एजेन्सी