काठमाडौं । मोवाइल सेवाप्रदायक एनसेलले ग्राहकहरुलाई दिँदै आएको ट्वीटर र विकिपिडिया निशुल्क सेवा बन्द गर्ने भएको छ। कम्पनीले आगमी चैत १२ गतेदेखि उक्त सेवा बन्द गर्न लागेको हो ।
ट्वीटरसँगको सम्झौता सकिएकोले सेवा बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । जसअनुसार एनसेलबाट ट्वीटर चलाउन शुल्क लाग्ने छ ।
एनसेलले सन् २०१४ मेदेखि माइक्रो ब्लगिङ साइट ट्वीटर निशुल्क ब्राउजिङको व्यवस्था गरेको थियो।