Logo

जर्मनमा हुने प्रविधि मेलामा भाग लिदै हारती कम्प्युटर, नेपालमा आइटी उद्योग खोल्न प्रेरित गरिने

जर्मनमा हुने प्रविधि मेलामा भाग लिदै हारती कम्प्युटर, नेपालमा आइटी उद्योग खोल्न प्रेरित गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हारती कम्प्युटर सर्भिस प्रालिले ग्लोवल इभेन्ट फर डिजिटल विजनेश (सिइविआइटी) नामक प्रविधि मेलामा भाग लिने भएको छ । जर्मनीको ह्यानोभर शहरमा हुने मेला मार्च २० देखि २४ सम्म चल्नेछ । यो सूचना तथा प्रविधि सम्वन्धि हुने मेलाहरुमा पहिलो श्रेणीमा आउने मेला हो ।

मेलामा यस सम्वन्धि काम गर्ने विश्व विख्यात कम्पनीहरु आफ्ना नयाँ बस्तु, सेवा तथा प्रविधिहरु प्रदर्शनी गर्ने गर्दछन । माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा भाग लिने गर्छन । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा सेमिनारहरु पनि हुने कम्पनीले जानकारी दिएको छ । नेपालबाट हारती नै पहिलो पटक यस मेलामा भाग लिन गईरहेको छ ।

हारतीका आफ्ना सेवा तथा विकास भएका सफ्वेयरहरुलाई उक्त मेलामा प्रदर्शन गर्ने जानकारी दिएको छ । ‘योर न्यू आइटी आउटसोर्सिङ डेस्टिनेशन इज नेपाल’ नारासहित
मेलामा भाग लिन लागेको हो । जसअनुसार हाल सम्म सूचना प्रविधि सम्वन्धी वस्तु तथा सेवाहरुको लागि छिमेकी देश भारत, चीन र फिलिपिन्सको भर पर्नुपर्ने बाध्यता जुन थियो र छ पनि अब हामी नेपाल यसमा सशक्त रुपमा आउदैछ भन्ने सन्देश दिने छ ।

त्यस्तै  आइटीका लागि नेपालमा नै किन भन्ने प्रश्नको रुपमा यहाँ यथेष्ट आइटी एक्स्पर्टहरु रहेको, कम खर्चिलो हुने र नेपालीहरु मिहेनती र इमानदार भई काम गर्ने जस्ता कुराको चित्रण गर्न खोजिने छ । विशेष गरी सफ्टवेयर विकास, विपिओ र डिजिटल प्रविधिहरुमा काम गर्न र उद्योग खोल्न अरु कम्पनीहरुसंग टाईअप गर्न अथवा नेपालमा आई उद्योग खोल्न अभिप्रेरित गरिने कमपनीले जानकारी दिएको छ ।

मेलामा यस कम्पनीले आफ्ना सेवा सुविधा लगायत नेपालको पर्याटन क्षेत्रलाई पनि केही टेवा पुग्ने हिसावले आफ्नो स्टललाई पूर्णरुपमा नेपालीपन झल्कीने गरी सजाईने र भिजिटरहरुलाई नेपालको बारेमा जानकारी गराईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL